ए डिभिजन लिग : रिर्पोट
By Radio Candid
नेपाली फुटबलको विकासमा शहिद स्मारक ए डिभिजन लिगको ठूलो योगदान छ । विगतमा अहिले जसरी व्यवसायिक रुपमा फुटबलको विकास नहुँदा शहिद स्मारक ए डिभिजन लिग धेरै खेलाडीको कर्मथलो बनेको थियो । कुनै टोली लिगमा रेलिगेसनबाट बच्न खेलमा राम्रो प्रदर्शनको दबाबमा हुन्छन् भने कुनै टिम च्याम्पियन बन्न संघर्षरत हुन्छन् । यस पटक पनि नेपाली फुटबलमा नयाँ आयाम थप्न ४४ औं संस्करणको शहिद स्मारक ए डिभिजन लिग यहि कात्तिक २९ गतेदेखि सुरु हुँदैछ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message