छठको : रिपोर्ट

By Radio Candid

छठको : रिपोर्ट

मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठको दोस्रो दिन आज खराना गरिँदैछ । दिनभर उपवास रही राती खीर बनाई देउतालाई चढाएर व्रतालुहरु प्रसादका रुपमा खिर खान्छन् । यस विधिलाई खराना भनिन्छ । छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । भोलि साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर, पर्सी उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिन्छ । तराई मधेश क्षेत्रमा विशेष महत्वका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत मनाउन थालिएको छ । दशैँ र तिहार सकिएलगत्तै शुरु भएको छठ पर्वको रौनक यतिबेला तराई, मधेशका साथै काठमाडौँ उपत्यकासहित अन्य क्षेत्रमा पनि छाएको छ ।  

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST