सुन खरिदमा वृद्धि : रिर्पोट
By Radio Candid
कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै सुस्ताएको सुन पसलहरुमा पछिल्लो समय ग्राहकको चहलपहल बढ्दै गएको छ । नेपालीको ठूला चाड दशैँ र तिहार नजिकिँदै जादा सुन पसलहरुमा ग्राहकको भीड बढेको हो । यसका साथै कोरोना महामारी फैलिएसँगै लागू गरिएको बन्दाबन्दीका कारण अघिल्ला वर्षमा रोकिएका विवाहलगायत धार्मिक तथा सांस्कृतिक कार्यले गर्दा पनि अहिले सुन किन्ने ग्राहकको संख्या बढेको छ । लामो समय सुस्ताएको सुनको कारोबारले लय समाउने व्यावसायीहरुको आशा छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message