राजनीतिक दलसँगको साँठगाठकै कारण न्यायालयमा विकृति, विसंगति मौलाएको भन्दै तीव्र आलोचना न्यायालयको विषयमा दलहरु मौन : रिपोर्ट
By Radio Candid
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषदमा भाग खोजेको प्रकरणपछि यतिबेला न्यायालयभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानन्यायाधीशले न्यायायल सुधारका लागि काम गर्न नसकेको तथा उहाँको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन चौतर्फी दबाब बढ्दै गएको छ । तर, न्यायायल विवाद उत्कर्षमा पुगेको अवस्थामा पनि राजनीतिक दलहरू भने अझै मौन छन् । राजनीतिक दलसँगको साँठगाठकै कारण न्यायालयमा विकृति, विसंगति मौलाएको भन्दै तीव्र आलोचना हुँदा पनि दलहरु चुपचाप बस्नुलाई भने आश्चर्यजनक मानिएको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message