संसद अधिवेशन अन्त्यको विरोध

By Radio Candid

संसद अधिवेशन अन्त्यको विरोध

सर्वोच्च अदालतको परमादेशबाट पुनः स्थापित प्रतिनिधिसभाले कुनै बिजनेस नपाउँदै अन्त्य गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते उज्यालो नहुँदै कात्तिक र मंसिरमा दुई चरणमा निर्वाचन गर्ने घोषणासहित संसद भंग गर्नु भएको थियो । सो निर्णयलाई बदर गर्दै सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । तर, परमादेशबाट बनेको देउवा नेतृत्वको सरकारले नै संघीय संसदको अधिवेशन अन्त्य गरेको छ । तत्कालीन ओली नेतृत्वको सरकारले संसद विघटन गर्दा चर्को विरोध जनाएको काँग्रेसले अहिले आफ्नै नेतृत्वको सरकार हुँदा अध्यादेश समेत पारित नगरी अधिवेशन अन्त्य गरेपछि तीव्र आलोचना र विरोध शुरु भएको छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST