प्रचण्डले खल्तीबाट केन्द्रीय सदस्य छान्दा माओवादीकै नेताको आपत्ति

By Radio Candid

प्रचण्डले खल्तीबाट केन्द्रीय सदस्य छान्दा माओवादीकै नेताको आपत्ति

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम बाचन गरेर २३६ जना सदस्यको टुंगो लगाइरहेका बेला माओवादी केन्द्रीय सदस्यले नेतृत्वको बचाउ गरेका छन् । माओवादी केन्द्रीय सदस्य तथा सांसद दुर्गा विश्वकर्माले केन्द्रीय सदस्य चयन गर्दा समानुपातिक पद्धतिलाई कार्यान्वयन गरिएको भन्दै प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनाएको भन्नु आपत्तिजनक रहेको बताउनुभयो । माओवादी परिवर्तनकारी शक्ति भएको र देशमा गणतन्त्र, संविधान र संघीयता आउनुमा प्रचण्डकै नेतृत्व जिम्मेवार रहेको पनि उहाँले बताउनुभयो । रेडियो क्यान्डिड टकमा कुरा गर्दै उहाँले पार्टीका सबै नेताकै सहमतिबाटै अध्यक्ष प्रचण्ड चुनिएको र केन्द्रीय सदस्यमा सबैको समान सहभागिता रहेको दाबी गर्नुभयो ।

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST