घट्यो कोरोना सँक्रमण, घटेन जोखिम : रिपोर्ट
By Radio Candid
गत सोमवार अर्थात भदौ २१ गते १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा हिजो शनिवार ९ सय ९४ जनालाई संक्रमण देखियो । जुन गत चैतमा दोस्रो भेरियन्ट सुरु भए यता कै सबै भन्दा कम संख्या हो । यसरी संख्यात्मक रुपमा सक्रमित कम देखिनुको एउटा कारण कम परिक्षण पनि हो । कोरोनाको परीक्षण भने हिजो शनिवार भन्दा गत सोमवार बढी थियो । गत सोमवार १५ हजार ७ सय ७९ जनाको परीक्षण गरिएको थियो भने हिजो ९ हजार ८ सय ४० जनाको परीक्षण गरिएको थियो । अर्थात् सोमबार भन्दा हिजो झन्डै ६ हजार १ सय जना कमको परीक्षण गरिएको थियो ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message